काठमाडौं । कोरोना महामारीका कारण विगत ९ महिनादेखि आंशिक तथा पूर्ण रुपमा बन्द हुँदै आएको सार्वजनिक यातायात भोलिदेखि भने पूर्ण रुपमा संचालनमा आउने भएको छ । चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी, भदौ ३ गतेदेखिको निषेधाज्ञा र असोज १ गतेदेखिको जोर बिजोर प्रणालीले सार्वजनिक यातायातमा आवद्ध मजदुरहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले एकतर्फ रुपमा सार्वजनिक यातायात व्यवसाय पूर्ण रुपमा संचालनमा ल्याउने घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा ल्याउने जनाएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेको छ । यसअघि पटक पटक सरकारलाई सार्वजनिक यातायात संचालनका लागि वातावरण मिलाउन आग्रह गरिएको भएपनि सुनुवाई नभएपछि यातायात व्यवसायीहरुले एकतर्फी रुपमा यस्तो निर्णय गरेको जनाएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.