Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्कापक्की जस्तै

loading views..
Nepal Telcome

सत्ता गठबन्धनमा रहेका दलहरुको पनि पूर्ण साथ भएका कारण  चुनाव जितेका सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्कापक्की जस्तै छ ।

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित २० जनाको कार्यकाल २० फागुनमा सकिनेछ । गठबन्धनका नेताहरुका अनुसार तिमिल्सिनाको स्थान सिटौलाले लिन पक्का जस्तै छ ।

सिटौला आफैंले यसबारे केही बोलेका छैनन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपछि प्रदेशका १४ वटै जिल्लामा पुगेका स्थानीय जनप्रतिनिधिससँग भेटवार्ता गरेका सिटौलालाई कतिपयले राष्ट्रिय सभा अध्यक्ष हुनुपर्छ भनेर सुझाए, कतिपयले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतत्व गर्नुपर्ने बताएका थिए । सिटौलाले भने हो मा हो मिलाउन बाहेक केही खुलाएका छैनन् ।

सत्ता गठबन्धनका नेताहरु भने उनी राष्ट्रिय सभाको अध्यक्ष हुने तय जस्तै भएको बताउँछन् ।

सिटौलाको चाहना त राष्ट्रपति थियो । १० पुस २०७९ मा भत्किएको गठबन्धन ब्युँतिएसँगै कांग्रेसले राष्ट्रपति पाउने भयो । रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला राष्ट्रपति बन्ने दौडमा लागे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link