Skip to content
Pokharapress Logo
२७ आश्विन २०८३, मंगलवार

पोखरामा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना: २०० मिटर तल खस्यो!

५ जना घाइते अस्पताल पठाइयो

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा,२३असोज। पोखरा महानगरपालिका–२८ कालिकास्थान नजिकै विद्यार्थी बोकेको एउटा स्कुल बस दुर्घटनामा परेको छ।
​सौर्यमाझठानाबाट कालिकास्थानतर्फ कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भिरबाट करिब २०० मिटर तल खसेको हो।
​दुर्घटनाको समयमा बसमा करिब २२ जना विद्यार्थी सवार रहेको बताइएको छ। घटनालगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरेको छ।
​हालसम्म उद्धार गरिएका घाइतेमध्ये ५ जनालाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link