Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

एमाले धादिङमा मारपिट, एक जनाको हात भाँचियो दर्जनौ घाइते

loading views..
Nepal Telcome

धादिङ। नेकपा एमाले धादिङमा कुटाकुट हुँदा एक जनाको हात भाँच्चिएको छ भने जिल्ला अधिवेशन समेत स्थागित भएको छ ।एमाले धादिङको हिजो साँझ बसेको जिल्ला अधिवेशनको बन्द शत्रमा प्रतिनिधि मनोनयनको बिषयमा विवाद भई हुलहुज्जत र धक्कामुक्का हुँदा एक जना कार्यकर्ताको हात भाँच्चिएको हो । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले बिज्ञप्ति जारी गरी हुलहुज्जत र धक्कामुक्का हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको र परिस्थिती असहज र अशान्त भएका कारण अधिवेशन स्थगित गरेको बताउनुभएको छ ।

एमाले धादिङका अध्यक्षले शुक्रवार बसेको जिल्ला कमिटीको बैठकमा अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिने दस्तावेज, नीतिगत निर्णयहरु, अध्यक्ष मण्डल र जिल्ला कमिटीवाट मनोनित गरिने ५ प्रतिशत प्रतिनिधिका बारेमा प्रस्ताव पेश गरेपछि वैठकका सहभागीहरुले छलफलको माग गरेका थिए । तर, पार्टी अध्यक्षले जवरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि असहज परिस्थिती पैदा भएर हुलहुज्जत र मुक्कामुक्की भएको एमाले बागमती प्रदेशका अध्यक्ष ढुंगेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । असहजताका वीच हिजो सुरु भएको बन्द शत्रमा असहज, आक्रमक र आतंकित परिस्थिती देखा परी हुलहुज्जत र धकेलाधकेल हुँदा एक कार्यकर्ता घाइते भएको बिज्ञप्तिमा उल्लेख छ ।वार्ता र छलफलका माध्यमवाट समस्याको समाधानको प्रयास गरिए पनि सम्भव नभएको तथा अधिवेशनलाई मर्यादित र विधिसम्वत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नभए सम्मका लागि अधिवेशन स्थगित गरिएको प्रदेश अध्यक्ष ढुँगेलले बताउनुभएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link