Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

आजबाट सुरु हुने संसद अधिवेशनमा एमाले कडा रुपमा प्रस्तुत हुने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौँ। नेकपा एमालेले आजबाट सुरु हुने संसद अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई आवश्यक प्रशिक्षण र निर्देशन दिएको छ ।
शनिबार र आइतबार संसदीय दलको बैठक राखेर आफ्ना सांसदहरूलाई एमालेले प्रशिक्षण दिएको हो। आइतबार पनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा एमालेले प्रशिक्षण गराएको हो। संसद्मा खेल्नुपर्ने भूमिका, बोल्ने तरिका र विषयवस्तुको उठानबारे जानकारी गराउन विज्ञहरूबाट एमालेले सांसदलाई प्रशिक्षण दिएको हो।
एमाले नेताहरू ड‍‍‍‍‍‍‍ा.युवराज खतिवडा, डा. विमला राई पौड्याल र अग्नि खरेलले सांसदहरुलाई प्रशिक्षण दिए। प्रशिक्षणका क्रममा सांसदहरूले कतिपय संसदीय प्रक्रिया र अभ्यासबारे जिज्ञासा राखेका थिए। प्रशिक्षणपछि अध्यक्ष ओलीले प्रभावकारी रुपमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका छन्।एमाले सचेक महेश बर्तौलाका अनुसार ओलीले निर्देशनका क्रममा सबै सांसदलाई संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्। अध्यक्ष ओलीले आफ्ना सांसदहरूलाई सरकारले गरेका बेथितिविरुद्ध खोजी–खोजी आवाज उठाउन निर्देशन दिएका थिए। सत्ताबाट हुनसक्ने दुरुपयोग रोक्न भूमिका खेल्नुपर्ने बताउँदै उनले सांसदहरूलाई अध्ययन गरेर मात्रै तथ्यबारे बोल्न उनले आग्रह गरे।
उनले प्रतिपक्षीको भूमिका देखिनेगरी संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । ‘हाम्रो भूमिका अत्यन्त सशक्त र प्रभावकारी हुनुपर्छ। अध्ययन र तयारीसाथ बोल्नुपर्छ। भरसक लिखित नोटका साथ बोल्ने अभ्यास गर्नू,’ ओलीले भने। संसद्को हिउँदे अधिवेशन सोमबार अपरान्ह ४ बजेबाट सुरु हुँदैछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link