Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

loading views..
Nepal Telcome

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताउनुभयो।

नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। विभिन्‍न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उहाँले दिनुभयो।

नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नु भयो। उहाँले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराउनुभयो। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उहाँले प्रशंसा गर्नुभयो।

भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिनुभयो। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उहाँले गराउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link