Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बालुवाटारमा नयाँ सत्ता गठबन्धन बन्दै

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेपालमा यतिबेला उत्तरी चिसो हावाले राजनीति तातेको छ।सत्ता गठबन्धनमा फेरबदल हुने निश्चितता सँगै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वालुवाटारमा बसिरहेको छ ।

बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भैरहको छ । बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक राखिरहँदा बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटार हानिएका छन्।उनी बैठक सकेर सिधै नयाँ राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकारसहित बालुवाटार हानिएका हुन् ।

आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । यति बेला रबी लामिछाने बालुवाटार पुगिसकेका छन्।पूर्ब पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि सरकारमा समेट्ने सहमति भएको छ ।अब केही समय लगत्तै काङ्ग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले निष्कासित गर्नेछन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link