पोखरा। गृहमन्त्री रबि लामिछानेले ठूला व्यक्तिहरु समातिन थालेपछि कांग्रेस आत्तिएको बताएका छन् । संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्ताे बताएका हुन् ।
साथै उनले ४ वर्ष सदन अवरोध गर्न कांग्रेसलाई चुनौती दिए । कांग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए ।
उनले भने, ‘कांग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’ ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो कांग्रेसको रणनीति हो ? उनले कांग्रेसलाई प्रश्न गरे ।