Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

त्रिशूलीमा बस दुर्घटना : १७ जनाको मृत्यु, २३ घाइते

loading views..
Nepal Telcome

पोखरा। पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस धादिङमा त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ।
जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौंदी नजिकै चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले अन्य २३ जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको जानकारी दिए। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक अनुमान छ।
दुर्घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले उद्धार कार्य सुरु गरेको थियो। रातिको समय र नदीको तीव्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मृतकको सनाखत र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त खण्डमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरीले सवारी साधनलाई सावधानीपूर्वक सञ्चालन गर्न अनुरोध गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link