Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

जोन्टा क्लब काठमाडौंलाई एभरेष्ट बैंकद्वारा साढे दुई लाखको चेक हस्तान्तरण

loading views..
Nepal Telcome

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।  बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

 

सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष-निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंकले हालै आफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने बैंकले व्यवसायिक रुपमा सजिलो बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले देशभरी ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३० एटिएम र विश्वव्यापी नेटवर्क पनि संचालन गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link