Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

जसपा पार्टी दुई चिरामा

संसदीय व्यवस्थाको सौन्दर्य-सत्ताका लागि पार्टीहरु क्षतविक्षत

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।गौर हत्याकाण्डका नाइके उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो।
नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए। १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ।

निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् ।
जसपा नेपालका अध्यक्ष यादव भने हाल अमेरिका भ्रमणमा रहेका छन्।शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ मा अध्यादेश ल्याएर जसपा र तत्कालीन एमाले फुटाइएको थियो। उक्त अध्यादेश तत्कालै फिर्ता लिए पनि साविकको कानुनी व्यवस्था अझैसम्म जगाइएको छैन।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न संसद सचिवालयमा विधेयक दर्ता गराइएको भए पनि कांग्रेसको अवरोधका कारण सदनमा पेस हुन पाएको छैन। प्रचण्ड नेतृत्वको सरकारमा जसपाका एक राज्यसहित तीन मन्त्री छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link