Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

एमाले कास्कीद्वारा अब्बल ६ युवा सम्मानित

loading views..
Nepal Telcome

पोखरा। परम्परागत भन्दा बेग्लै तौर तरिकाबाट सोमबार पोखरामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यस अवसरमा नेकपा एमाले कास्कीले फरक शैलीमा कार्यक्रम गर्‍यो ।

नेताहरुको भन्दा युवाहरुको मन्तव्य धेरै सुनिए । युवाहरुको सम्मान भयो । युवाहरुकै सांगीतिक प्रस्तुति पनि । एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवा सम्मानित भए ।

मोटिभेसनल स्पिकर रोहित मल्लले युवालाई प्रेरणा जगाए । कसरी देशमा युवाले केही गर्न सक्छन् भनेर सुनाए । गण्डकी विश्वविद्यालयका डीन डा कपिल अधिकारीले विज्ञानसँग युवाको साइनोबारे बोले । उनले विज्ञानको विरोधमा छद्मविज्ञान प्रयोग हुने गरेको सुनाए । अधिवक्ता कुञ्जनी परियारले मानवअधिकार कानुन र आफ्ना अनुभव बाँडिन् ।

चाटर्ड एकान्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावना खोतले । अनि एमाले नेता तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले परिवर्तनमा युवाको भूमिकाबारे आफ्ना संघर्ष र अनुभव सहितका विचार राखे ।

कार्यक्रममा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण परियार, नेपाल आइडलकी फस्ट रनरअफ सलोनी गुरुङ, इन्टरनेसनल स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी कलेजकी कोओर्डिनेटर शुष्मा रञ्जित, अधिवक्ता कुञ्जनी परियार सम्मानीत भए ।
विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्दै समाजलाई योगदान पुर्‍याएका युवालाई सम्मान गर्दै सहभागी युवालाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको एमाले कास्की सचिव लामाले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link