Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

मार्क्सवादी अध्ययन स्रोत केन्द्रको आयोजनमा पोखरामा विचार गोष्ठी सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। मार्क्सवादी अध्ययन स्रोत केन्द्रको आयोजनमा पोखरामा विचार गोष्ठी सम्पन्न भएको छ।सस्थाका अध्यक्ष झलक पाणी तिवारीले प्रस्तुत गर्नुभएको कार्यपत्र, “गण्डकी प्रदेशमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ र विकास” शिर्षकको पत्र माथि वक्ताहरुले आफ्ना टिप्पणी तथा भनाईहरु राखेका थिए।
गण्डकी प्रदेशको कम्युनिष्ट आन्दोलनमा सस्थापक नेता पुष्पलालको योगदान तथा बन्दीपुरको सम्पर्क सेल्टर देखी र गोरखाका बैकुण्ठ कट्टेल सम्मका नेताहरुको भुमिका बारे कृष्ण वाग्ले रुपेसले भनाई राखेका थिए।गण्डकीको कम्युनिष्ट आन्दोलनमा महिला सहभागीता साथै कम्युनिष्ट पार्टीहरुको वर्तमान अवस्था बारे सावित्रि दुराले राखेकी थिइन।किसान आन्दोलन बारे शारदा मोहन सुवेदीले आफ्ना विषय राखेका थिए।कार्यपत्रलाई थप प्रष्ट पार्दै आन्दोलनलाई शसक्त बनाउन मार्क्सवादी चिन्तक रामराज रेग्मीले आफ्ना भनाइहरु राखेका थिए।
विचार र दर्शनको प्रष्टता बारे त्रिलोचन ढकालले राखेका थिए।
गोष्ठीका प्रमुख वक्ता माओवादी केन्द्रका सचिव दिननाथ शर्माले,गण्डकी धौलागीरी क्षेत्रको कम्युनिष्ट आन्दोलनमा सहभागी सबैले साझा तवरले समग्रताको अध्ययन साथै लेखन गर्न अनुरोध गरेका थिए।जनयुद्ध तथा आन्दोलनमा प्रत्येक जिल्ला क्षेत्र जातजातीको भूमिमाका महत्वपुर्ण रहेको भन्दै शर्माले वर्तमान समयमा देसमा गणतन्त्र ल्याउन योगदान वलिदानको सम्मान गर्नु पर्ने बताएका थिए।

विचार गोष्ठीमा माओवादी नेता हरिराज अधिकारी कुमार,विश्वप्रकास लामीछाने,नेसपाका मोती रिजाल,प्रलेसका लोक बहादुर थापा तथा पिएन क्यामपसका पुर्व प्रमुख गेहेन्द्र कोईराला सहभागी थिए।

उक्त गोष्ठी अध्यक्षता झलकपाणी तिवारीले गरेका थिए।कार्यक्रम सञ्चालन डिल्ली ढुङ्गानाले गरेका थिए भने स्वागत मन्तब्य दुर्गा भण्डारीले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link