Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा सपथ

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ), स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link