Skip to content
Pokharapress Logo
२६ फाल्गुन २०८२, मंगलवार

बागलुङमा बान्द्रे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

loading views..

बागलुङ। बागलुङको बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बाढीले बगाएको हो।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ नगरपालिका-४, अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ। सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो।

ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। बेपत्ता कमलको खोजी भइरहेको छ।

अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको बताइएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्