Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सत्ता गठबन्धन टुट्ने संकेत पाएपछि उपसभामुख कार्ड खेल्दै खड्ग ओली

सत्ता गठबन्धनमा भुइचालो,ओली शशंकित!

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं,२६ भदौ । आफू नेतृत्वको सरकारको विकल्पबारे छलफल सुरु भएको सूचना पाएसँगै प्रधानमन्त्री खड्ग प्रसाद ओलीले उप-सभामुख कार्ड फ्याँकेका छन् । छठ अघि नै सरकार परिवर्तन गरि २०७९ को चुनावी गठबन्धनलाई ब्युताउँने कसरतले मुर्त रुप लिएको सूचना पाएसँगै ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउने उदेश्यले उपसभामुख कार्ड खेल्न सुरु गरेका हुन् । स्रोतका अनुसार काँग्रेस सभापति शेर बहादुर देउवा वा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरि चुनावी गठबन्धन ब्युताउनेबारे छलफल भैरहेको छ । ओली सरकारमा रहेका काँग्रेसका मन्त्रीहरुले नै पनि आफूहरु प्रधानमन्त्रीको छायाँमा परेको गुनासो गर्न थालिसकेका थिए । त्यसो त ओली नेतृत्वको सरकारलाई भारत र चीन दुबैले खासै भाउ दिएका छैनन् । सरकार ढाल्ने गरि केहि गतिविधि अघि बढेको सूचना पाएपछि प्रधानमन्त्रीले ओलीले सोमबार सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बोलाए । बैठकले सत्ता गठबन्धनलाई थप बलियो बनाउने औपचारिक निर्णय गरेको सन्देश बाहिर पठाईयो । दुई तिहाई बहुमतमा रहेको सरकारका प्रधानमन्त्रीले सत्तारुढ दलहरुको संयुक्त बैठक डाकेर गठबन्धनलाई थप बलियो बनाउने निर्णय गराएको सन्देश बाहिर जाने बित्तिकै गठबन्धनमा ठूलै समस्या आईसकेको अड्कल बाजी अहिले भैरहेका छन् । तर सोमबारको बैठकमा प्रधानमन्त्रीले अकस्मात एउटा प्रस्ताव अघि सारे, त्यो थियो उपसभामुख इन्दिरा रानाको बहिर्गमन । ओलीले उपसभामुख इन्दिरा रानालाई हटाएर नेपाली काँग्रेसबाट उपसभामुख नियुक्त गर्ने प्रस्ताव अघि सारे । ओलीको प्रस्तावबाट चकित बनेका काँग्रेस सभापति देउवाले त्यसलाई अस्विकार गर्ने कुरै भएन् । किन की अहिलेको संवैधानिक परिषदमा काँग्रेसका कोहि पनि प्रतिनिधी छैनन् । ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधिश र प्रतिनिधी सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन् ।

संवैधानिक परिषदमा प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उप सभामुख इन्दिरा रानासहित तीन जना ओलीको विपक्षमा छन् । ओलीले आफू संवैधानिक परिषदमा बहुमतमा नरहेको र काँग्रेसलाई उपसभामुख दिने आश्वासन दिएर सत्ता गठबन्धनलाई जोगाउने प्रयास गरेका हुन् । काँग्रेससहित सत्ता गठबन्धन आवद्ध दलहरुले उपसभामुख विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेमा काँग्रेस–रास्वपाबिचको दुरी अझै बढ्नेछ । जसले सम्भावित वैकल्पिक गठबन्धन बन्नबाट रोक्न सक्ने ओलीको प्रक्षेपण रहेको स्रोत बताउँछ । ‘माओवादी, रास्वपा, राप्रपा, एकिकृत समाजवादी, उपेन्द्र यादवको जसपा लगायतले दलहरुले काँग्रेस–माओवादीलाई पुन: एउटै गठबन्धनमा ल्याउन प्रयास गरिरहेका थिए । त्यसलाई रोक्न एमालेले उपसभामुख पत्ता अघि सार्‍यो । अब काँग्रेस र रास्वपाबिचको दुरी अझै केहि बढ्ने देखिन्छ ।’, स्रोतले भन्यो । पछिल्लो समय ओली नेतृत्वको सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुले नै पनि ओलीसँग काम गर्न अप्ठेरो भएको ब्रिफिङ देउवालाई गरिरहेको स्रोत बताउँछ । ‘अहिले काँग्रेस पनि सरकारमा छ र भन्ने जस्तो अवस्था छ, काँग्रेसका मन्त्रीहरुले पनि आफूहरुलाई सरकारमा रहेको भान हुनै नपाएको बताउन थालेका छन्, ओलीसँगको सहकार्यले काँग्रेसमा सोफोकेशन उत्पन्न भैरहेको देखिन्छ ।’, स्रोतले भन्यो । आफ्नो विकल्पमा पुन: अर्को गठबन्धन बन्ने माहोल खडा हुँदै गएपछि ओलीले उपसभामुख कार्ड फ्याँकेर सम्भावित वैकल्पिक गठबन्धन टार्न प्रयास गरेका हुन् ।

समाचार दैनिकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link