Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

‘भ्रष्टाचारको तार सिधै बूढानीलकण्ठ र बालकोटतिर जोडिएपछि रातारात सरकार ढल्याे’

loading views..
Nepal Telcome
नदीपुर दुध

झापा, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातारात षड्यन्त्रमुलक ढंगले सरकार ढालेको भन्दै आपत्ति जनाउनु भएकोछ।

आइतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताउनु भोयो।

पूर्वप्रधानमन्त्री दाहालले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ति फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो। दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बूढानीलकण्ठतिर। र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो।’

उहाँले भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोपसमेत लगाउनु भयो

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link