Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

क्रान्तिकारीको नयाँ भरोसा: महासचिव पदमा सुदिन पौडेलको शक्तिशाली उम्मेदवारी

पोखरा,१३ असोज।अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव पदका लागि सुदिन पौडेलको उम्मेदवारीले विद्यार्थी आन्दोलनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनदेखि नै विद्यार्थी आन्दोलनमा सक्रिय रहेका पौडेल कुशल संगठक, सन्तुलित र पारदर्शी नेतृत्वका लागि चिनिन्छन्।

तीस वर्षीय पौडेल गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष समेत हुन्। विद्यार्थी संगठनमा लामो समयदेखि काम गर्दै आएका उनले नेतृत्वमा पारदर्शिता, अनुशासन र पार्टीप्रति बफादारीलाई उच्च प्राथमिकतामा राखेका छन्। पौडेलले संगठनलाई सुदृढ बनाउन र विद्यार्थीको हकहितमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

लोकप्रियता, अनुशासन र संगठनात्मक क्षमताले महासचिव पदका लागि उनी प्रमुख दाबेदारका रूपमा देखिएका छन्। पार्टी नेतृत्वसँग उनको नजिकको सम्बन्ध र विश्वासले उनलाई थप मजबुत उम्मेदवारको रूपमा स्थापित गरेको छ। महासचिव पदमा उनको उम्मेदवारीले संगठनमा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

arrow प्रतिक्रिया दिनुहोस्