Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा नगरपालिकामा कांग्रेसी चलखेल सुरु

loading views..
Nepal Telcome

गोरखा,२२असोज। गोरखा नगरपालिकामा पछिल्लो समय कर्मचारी सरुवा प्रक्रियालाई लिएर विवाद चुलिएको छ। नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र उनको उक्साहोटमा केही सदस्यहरूले नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एकलौटी निर्णय गरेको आरोप लगाउँदै प्रदेश सरकार समक्ष उजुरी दिएका छन्। सरुवाको मापदण्ड अनुसार सर्बसम्मत रूपमा गरिएको सरुवा निर्णयलाई षडयन्त्र पुर्बक तोडमोड गरिएको माओबादी निकट एक वडा सचिबले बताए।

उपप्रमुखले कुनै पनि कर्मचारीको सरुवा आफ्नो सल्लाह बिना नगर प्रमुखले गरेको आरोप लगाइरहेकी छन्। जबकि नगर प्रमुखले सरुवा मापदण्ड अनुसार नै भएको दाबी गर्दै यस विषयमा झुटो भ्रम फैलाइएको बताएका छन्।

यस विवादले नगरपालिकामा राजनीतिक तनाव बढाएको छ। स्थानिय अशोक तिवारीले उपप्रमुखको निरन्तर असन्तोष र कचकचले नगरको विकास कार्यमा बाधा पुर्‍ययेको टिप्पणी गरेका छन्। एमालेका एक प्रतिनिधिले नाम नबताउने शर्तमा कांग्रेसीहरूको यस्ता क्रियाकलापले राजनीतिक दलबीचको खिचातानी बढ्न सक्ने चेतावनी दिएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link