Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, १८ घाइते

loading views..
Nepal Telcome

अर्घाखाँची, १९ कार्तिक। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-६ जयठाटीमा सोमबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
वडा नं ५ र ६ को सिमानामा रहेको जयठाटीमा देउसीभैलो खेलिरहेको बेला ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित भई ठक्कर खाँदा यो दुर्घटना भएको हो। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link