Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

गण्डकीमा गुरुङ, मगर भाषा कार्यान्वयनको माग, मुख्यमन्त्रीको प्रतिबद्धता

loading views..
Nepal Telcome

पोखरा, ०३ मंसिर । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तमु धिं नेपालले जोडदार माग गरेको छ। भाषा आयोगको सिफारिसलाई कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्नुपर्ने माग राख्दै संस्थाले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञानपत्र ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश सरकार गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रतिबद्ध छ। सरोकारवालाहरूसँगको व्यापक छलफलपछि आवश्यक कानुन निर्माण गरिनेछ।” उनले यसका लागि आफूले व्यक्तिगत रूपमा पनि पहल गर्ने बताए।
तमु धिं नेपालले बुझाएको ज्ञापनपत्रमा मातृभाषाको संरक्षण, विकासका लागि भाषा आयोगको शाखा स्थापना, विद्यालयमा मातृभाषा पठनपाठन, भाषा खोज तथा अध्ययन केन्द्र स्थापना, मातृभाषामा नामाकरण गरिएका स्थानहरूको नाम पुनःस्थापना लगायतका माग गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link