Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

अन्नपूर्णमा माओवादी केन्द्रको तेस्रो सम्मेलन सम्पन्न, भेषराज पौडेल अध्यक्षमा निर्वाचित

loading views..
Nepal Telcome

पोखरा,३० मंसिर। नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले भेषराज पौडेलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मतरूपमा निर्वाचित गरेको छ।

अध्यक्षमा भेषराज पौडेल उपाध्यक्षहरू शोभाखर अधिकारी, चिजकुमारी परियार, सुर्य परियार सचिव शरणसिंह बि.क. सहसचिव टेक प्रसाद अधिकारी कोषाध्यक्ष दिपशिखा गिरी रहनु भएको छ।

सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व संघीय शिक्षा मन्त्री दिननाथ शर्माले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभएको धियो।उहाँले वर्तमान सरकारका गलत नीतिहरूको आलोचना गर्दै माओवादी केन्द्रलाई सुशासन, समृद्धि, र सामाजिक न्यायका लागि एक मात्र विकल्प भएको बताउनु भयो।

सम्मेलनको अध्यक्षता धर्म बहादुर गुरुङले गर्नु भएको थियो। विशेष अतिथि कास्की जिल्ला ईन्चार्ज रामजी प्रसाद बराल, केन्द्रीय सदस्य दुर्गा कुमारी वि.क., जिल्ला सचिव बिनय थापा, ३ नं. क्षेत्रीय संयोजक भिम क्षितिज, अन्नपूर्ण गाउँपालिका इन्चार्ज दुर्गादत्त भण्डारी, र प्रदेश सदस्यहरू गोविन्द अधिकारी तथा चुडामणि अधिकारी लगायतको उपस्थिति रहेको थियो।

गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो। समितिमा चुडामणि अधिकारी, इन्दिरा अधिकारी, जौमाया देवकोटा, र धर्मदत्त दाहाल सदस्यका रूपमा रहेका थिए।

यस सम्मेलनले स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्वलाई बलियो बनाउँदै आगामी दिनमा सुशासन र समृद्धिका लागि नयाँ योजना अघि बढाउने विश्वास गरिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link