Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

उत्तरी गोरखामा भिषण आगलागीबाट तीन घर जलेर नष्ट, ११ चौपाया मरे

आगलागीबाट ८ वटा गाई र ३ वटा गोरु मरेका

loading views..
Nepal Telcome

धनबहादुर तामाङ/गोरखा,माघ १० गते। गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आज साँझ भएको भीषण आगलागीले तीनवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीको कारण स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरबाट फैलिएको आगो रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभएको छ।

खाना पकाउने क्रममा प्रयोग गरिएको चुल्होको आगो फलामको पाइपमा सल्किएपछि आगलागी भएको बताइएको छ। आगलागीबाट छिरिङका दुई कच्ची घर र भूकम्पपछि निर्माण गरिएको अर्को एउटा घर जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै जलेर भस्म भएका छन्।

आगलागीमा छिरिङका ८ वटा गाई र ३ वटा गोरु मरेका छन् भने ५ वटा गाई सकुशल उद्धार गरिएको छ। घटना भएको जानकारी पाएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।

मानवीय क्षति भने नभएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link