Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादी सरकार ढाल्ने खेलमा छैन : वर्षमान पुन

loading views..
Nepal Telcome

कास्की,जेठ ६ गते। माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादी कुनै हालतमा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारेका छन्। केही पक्षहरू माओवादीलाई तर्साउने उद्देश्यले अघि सारिएको प्रचार गरिरहेको भन्दै उनले यस्तो भ्रम फैलाउने काम अनुचित भएको बताए।

पुनका अनुसार वर्तमान सरकार असफल र नालायक साबित हुँदै गएको छ, जसका कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको छ। “व्यवस्थामाथि प्रहार हुन थालेको अवस्थामा माओवादी व्यवस्था जोगाउन लागिपरेको छ,” उनले भने।

उनले थपे, “तेस्रो दलका रूपमा माओवादीले सरकार चलाइसकेको छ, दोस्रो ठूलो दलले पनि सरकार सञ्चालन गरिसकेको छ। अब पहिलो दललाई सरकार चलाउने अवसर दिइएको हो। हामीले भनेका छौं— पहिलो दलले सरकार चलाउँदा के गर्ने भनेर हामीले सोच्नुपर्छ। सकेसम्म सरकार नजाउऊ भन्ने हाम्रो चाहना हो।”

पोखरा विमानस्थलमा निष्पक्ष छानबिनको माग

एक फरक प्रसंगमा, पूर्वअर्थमन्त्री पुनले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। संसदीय समिति राजनीतिक प्रकृतिको मात्र हुने र प्राविधिक विषयमा विशेषज्ञता नहुने भन्दै उनले लेखा समितिलाई नियामक निकायमार्फत छानबिन अघि बढाउन आग्रह गरे।

“यो प्राविधिक विषय हो। त्यसैले कसैलाई आरोप लगाउने वा बदनाम गर्ने उद्देश्यले काम गर्नु हुँदैन,” पुनले भने, “लेखा समितिले प्राविधिक छानबिन गर्ने वातावरण तयार गरिदियोस् भन्ने आग्रह गर्दछु।”

उक्त अभिव्यक्ति उनले रोल्पा जाने क्रममा प्रेस सेण्टर काश्कीले आयोजना गरेको छोटो पत्रकार भेटघाट कार्यक्रममा दिएका हुन्। पुन पार्टीको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा सञ्चालन भइरहेको जागरण अभियानमा सहभागी हुन गइरहेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link