Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

बारपाक सुलिकोटमा माओवादी केन्द्रद्वारा एकदिने आधारभूत स्कुलिङ कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

गोरखा,जेठ २४गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिको आयोजनामा एकदिने आधारभूत पार्टी स्कुलिङ कार्यक्रम आज सम्पन्न भएको छ।

गोरखा जिल्ला इञ्चार्ज तथा पार्टी केन्द्रीय सदस्य क. अमर तमुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य क. लेखबहादुर थापामगर, क. भगवती तिवारी, क. बिष्णुप्रसाद भट्ट, प्रदेश सदस्य तथा पार्टी इञ्चार्ज क. धामी बराम, प्रदेश सदस्य क. सनमाया गुरुङ, प्रदेश प्रतिनिधि क. मोहन ढकाल, जेष्ठ कम्युनिस्ट मंचका प्रदेश सदस्य क. कृष्णप्रसाद अंगाईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका समिति, वडा समिति, जबस/मोर्चा, सल्लाहकार तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। माओवादी पार्टीको नीति, दर्शन र कार्यदिशा सम्बन्धी आधारभूत जानकारी दिने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न शीर्ष नेताहरूले प्रशिक्षण दिनुभयो।

क. अमर तमुले पार्टीको राजनीतिक अर्थशास्त्र र कार्यदिशाबारे, क. लेखबहादुर थापाले दर्शनशास्त्रबारे, क. भगवती तिवारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे र क. बिष्णुप्रसाद भट्टले समाजवादी मोडेल र स्थानीय सरकारबारे प्रशिक्षण दिनुभयो। साथै जिल्ला सचिव क. अंकुर तिमिल्सिनाले संगठन र कार्यालय व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो।

बिहान ८ बजेबाट सुरु भएको स्कुलिङले पार्टी विचार, दर्शन र रणनीतिप्रति सहभागीहरूमा नयाँ ऊर्जा र स्पष्टता प्रदान गरेको प्रतिक्रिया आएको छ। सहभागीहरू विशेषतः वैचारिक रूपमा सशक्त भएको अनुभूति गर्दै खुसी व्यक्त गरेका थिए।

बारपाक २ नं वडाका पार्टी अध्यक्ष डम्मरसिं घलेले स्कुलिङबाट जनताबीच काम गर्न थप वैचारिक निखारता प्राप्त भएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रम गाउँपालिका पार्टी अध्यक्ष क. नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। स्वागत उपाध्यक्ष क. कृष्ण गुरुङले गर्नुभएको थियो भने सञ्चालन क. जितबहादुर नेपालीले गर्नुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link