Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पार्टी प्रतिष्ठान स्वार्थको भाँडो होइन, आन्दोलनको हतियार बनाऔं : अध्यक्ष ओली

loading views..
Nepal Telcome
नदीपुर दुध

ललितपुर, २७ साउन । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीसँग सम्बन्धित प्रतिष्ठान र फाउण्डेशनहरूलाई व्यक्तिगत कमाइको माध्यम बनाउने प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।

मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा पार्टीका प्रमुख संरक्षकसमेत रहेका ओलीले स्पष्ट शब्दमा चेतावनी दिए — “पार्टीसँग जोडिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो होइनन्, आन्दोलन र संगठनको बल बढाउने हतियार हुन्।”

उनले स्मरण गराए कि मदन–आश्रित स्मृति प्रतिष्ठान २०५० जेठ ९ गते पार्टी निर्णयबाट, महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछि, जनताको बहुलवादी जनवाद (जबज)को वैचारिक यात्रालाई अघि बढाउन स्थापना गरिएको थियो। तर, पछि व्यक्तिगत स्वार्थमा खोलिएका फाउण्डेशनहरू आन्दोलनप्रति निष्ठाहीन बन्दै गएको उनको आरोप थियो।

ओलीको तीखो चेतावनी थियो — “फाउण्डेशनका गतिविधि र नेतृत्व आन्दोलन र पार्टी हितविपरीत चले, सह्य हुने छैन।”

अध्यक्ष ओलीले नयाँ नेतृत्वलाई सामाजिक अध्ययन, निष्ठा, ज्ञान र मानवीय चेतनाको विकासमा केन्द्रित भई अनुशासनमा रहि काम गर्न निर्देशन दिए।

अध्यक्ष प्रदीप नेपालको निधनपछि साउन २३ गते सम्पन्न ३१औँ साधारणसभाबाट उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिष्ठानको अध्यक्ष निर्वाचित भएका हुन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link