Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

लोसपाबाट अनिलकुमार झाको राजीनामा, नेपाल सदभावना पार्टी पुनर्गठन प्रयास असफल

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं, २७ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अनिलकुमार झाले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि निष्क्रिय रहेका उनले एक महिना अघि वॉट्सएपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका थिए। अध्यक्ष ठाकुरले तत्कालै राजीनामा स्वीकृत गरेको महासचिव सुरेन्द्रकुमार झाले पुष्टि गरेका छन्।

‘उहाँ लामो समयदेखि निष्क्रिय हुनुहुन्थ्यो। एक महिना अघि वॉट्सएपबाट राजीनामा पठाउनु भयो र अध्यक्षज्यूले स्वीकृत गर्नुभयो,’ महासचिव झाले भने। अनिलकुमार झाले पनि ‘हो, मैले लोसपा छाडे’ भनेर पुष्टि गरे। तर, राजीनामा पत्रमा भने अघिल्लो वर्षको मिति अंकित गरिएको पाइएको छ।

पार्टीमा रहँदै उनले नेपाल सदभावना पार्टी पुनर्गठन गर्ने प्रयास गरेका थिए। पञ्जा छाप चुनाव चिन्ह पाउने कोशिशसमेत गरे तर सफल हुन सकेनन्। सदभावना पार्टी हाल सिरहाका रामकुमार महतोको नाममा दर्ता छ। झाले महतोको नाममा पार्टी दर्ता गराएपछि महतोले ‘अपहरण गरेर पार्टी कब्जा गर्ने प्रयास’ भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। मुद्दा अहिले पनि आयोगमा विचाराधीन छ।

‘पार्टी दिनका लागि उहाँले विभिन्न अफर गर्नुभयो तर म कसरी पार्टी दिन सक्छु? उहाँ लफडाबाजी मात्र गरिरहनु हुन्छ,’ महतोले भने।

यसैबीच, एक महिना अघि मात्र प्रवक्ता बनेका महासचिव मनिष झालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ सम्बन्धी अभिव्यक्तिका कारण अध्यक्ष ठाकुरले प्रवक्ताबाट राजीनामा दिन लगाएको बुझिएको छ।

स्रोतका अनुसार, भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालभर मन्त्री रहने सहमति भए पनि, कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकालमा लोसपाबाट नयाँ अनुहार पठाउने विषयमा सहमति भइसकेको छ। यद्यपि, यसअघि भण्डारीलाई एक वर्ष मात्र मन्त्री बनाउने र त्यसपछि अर्को व्यक्तिलाई पठाउने सहमति भएको उल्लेख गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link