Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

ओलीको चीन यात्रा र आजको संसद सम्बोधन : भाषणले होइन, परिणामले नापिन्छ

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं, १३ भाद्र। प्रधानमन्त्री केपी शर्मा ओली आज संसदमा उभिनेछन्। औपचारिकता त संसदलाई जानकारी दिने हो, तर मूल प्रश्न भनेको – उनले यतिबेला भन्न खोजेको कुरा विश्वासिलो छ कि केवल पुरानै राष्ट्रवादी जुम्ला दोहोर्‍याउने?

ओली भोलि चीन जाँदैछन्। तर यसअघि भारतसँग लिपुलेकको विवादमा उनले जुन “कडा” आवाज उठाएका थिए, त्यसले व्यवहारिक परिणाम ल्याएको छैन। नक्शा सार्वजनिक गर्ने प्रतीकात्मक कदमबाहेक, भारतसँग सीमा विवाद हल भएको छैन, न चीनले नेपालसँग ठोस कदम चालेको छ। यस्तोमा पुनः “प्रष्ट कुरा गर्छु” भन्ने ओलीको दाबीमा कति विश्वसनीयता छ?

ओलीको समस्या यही हो- भाषण ठूलो, तर परिणाम सधैं खोक्रो। जनतालाई राष्ट्रवादको नशा पिलाएर क्षणिक लोकप्रियता त बटुलिन्छ, तर अन्तर्राष्ट्रिय कूटनीतिमा त्यो शैली काम लाग्दैन। चीन र भारत दुवैसँग हितैषी जोगाउँदै सीमा प्रश्न उठाउनु सजिलो छैन, तर प्रधानमन्त्रीले यसलाई गम्भीर अध्ययन, दीर्घ कूटनीतिक गृहकार्य र राष्ट्रिय सहमति बिना केवल व्यक्तिगत शैलीमा प्रस्तुत गर्ने हो भने, परिणाम फेरि पनि शून्य हुनेछ।

नेपालको राष्ट्रिय स्वाधीनता कडा भाषणले होइन, शान्त तर दृढ कूटनीतिक रणनीतिले जोगिन्छ। ओलीले यसअघि यही कमजोरी देखाइसकेका छन्-गठबन्धन भत्काउने, देशभित्र विभाजन बढाउने, तर बाहिर ठोस उपलब्धि ल्याउन नसक्ने। आज संसदमा उनले जे भने पनि, भोलि चीनमा के परिणाम ल्याउँछन्, त्यही नै उनको परीक्षण हुनेछ।

जनताले अब खोक्रा भाषण सुन्न चाहँदैनन्। परिणाम देख्न चाहन्छन्। ओलीसँग त्यसलाई पुरा गर्ने क्षमता छ भन्नेमा धेरैलाई शंका छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link