Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

ओलीको घमण्डले देश राजनीतिक दुर्घटनातर्फ : राजनीतिक वृत्तको चेतावनी

loading views..
Nepal Telcome

पोखरा, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि आरोप लगाउँदै गरेको भाषणले उल्टै उनको घमण्ड, अज्ञानता र दम्भ प्रष्ट्याएको भन्दै राजनीतिक वृत्तले चेतावनी दिएको छ।

भक्तपुरको गुण्डुमा आयोजित एमाले कार्यकर्ता भेलामा ओलीले सरकार संविधानविपरीत बनेको भन्दै कटु आलोचना गरे पनि राजनीतिक विश्लेषकहरूले भने उनको बोली र व्यवहारले देशमा बढ्दो अस्थिरतालाई झन् गहिर्‍याएको टिप्पणी गरेका छन्।

ओलीले आफूसहित नेताहरूको पासपोर्ट रोक्का र काठमाडौं बाहिर जान नदिने निर्णयमाथि व्यङ्ग्य गर्दै भनेका थिए, “सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु… के सोच्या?” – तर यही शैली र भाषाले उनीभित्रको अहंकार झल्काएको विश्लेषण गरिएको छ।

एक विश्लेषकले भने, “ओलीले आफूलाई सबैभन्दा माथि ठान्ने प्रवृत्ति त्यही बोलीबाट झल्किन्छ। यसले एमालेभित्र मात्रै होइन, समग्र राजनीतिमा अहंकारको राजनीति पुनः तीव्र बनाउँदैछ।”

त्यसैगरी, ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि व्यङ्ग्य गर्दै “गृहमन्त्री भएपछि मात्रै उहाँको नाम सुनेको हुँ” भन्ने टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनलाई नै आलोचनाको निशानामा पारिएको छ। धेरैले यसलाई एक वरिष्ठ नेताबाट अपेक्षित राजनीतिक मर्यादाविपरीतको व्यवहार बताएका छन्।

राजनीतिक वृत्तले ओलीलाई चेतावनी दिँदै भनेको छ -“देश राजनीतिक संक्रमण र अस्थिरताबाट गुज्रँदैछ, यस्तो बेला घमण्ड र कटाक्ष होइन, संयम र संवाद चाहिएको हो। ओलीले आफ्नो शैलीमा सुधार नगरे देशको राजनीतिलाई झन् गहिरो संकटतर्फ लैजाने खतरा बढ्छ।”

अन्त्यमा, विश्लेषकहरूले जोड दिएका छन् – “अबको समय ओलीले अरूलाई होइन, आफ्नै घमण्डलाई नियन्त्रण गर्ने हो – किनभने त्यही अहंकारले एमाले र उनको राजनीतिक भविष्य दुवैलाई संकटमा पार्न सक्छ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link