Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

लायन्स क्लब अफ पोखरा डाउन टाउनको १३ औं चार्टर नाईट भव्य रूपमा सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। लायन्स क्लब अफ पोखरा डाउन टाउनको १३‍औं चार्टर नाइट तथा स्थापना दिवस एक भव्य समारोहका साथ लेकसाइडस्थित अतिथि स्वीटमा सम्पन्न भयो। क्लबको वार्षिकोत्सव, DG to Club Visit, छात्रवृत्ति वितरण, सम्मान तथा नयाँ सदस्य परिचयसहित विविध कार्यक्रम समेटिएको यो समारोह अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ एम नेपालका गभर्नर धनिराम बराल, विशेष अतिथि 2nd VDG लायन किशोर बराल तथा अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति उल्लेखनीय रह्यो। वक्ताहरू
सेक्रेटरी लायन जगनाथ तिमिल्सिना, क्लब गाइडलाइन तिकाराम सापकोटा, लायन्स क्लब अफ पोखरा अन्नपूर्णका शुक्लयाण पराजुली, पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारीलगायतले क्लबका सामाजिक सेवामूलक गतिविधिको प्रशंसा गरे।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा क्लबले दुई विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गर्यो। साथै पूर्व डिस्ट्रीक्ट गभर्नर लायन चण्डि प्रसाद अर्याललाई विशेष सम्मान अर्पण गरियो। क्लबमा नयाँ सदस्यका रूपमा अधिवक्ता तिलक कोईराला, प्रा. भद्रराज त्रिपाठी, उद्यमी अकित सुवेदी, व्यवसायी भोजराज पौडेल, अनिल पौडेल, सामाजिक व्यक्तित्व तथा सफल ब्यबसायीद्वय तारापति सुवेदी र टेक प्रसाद सुवेदीलाई स्वागत गरिएको थियो।

संस्थापक अध्यक्ष लायन प्रमोद लामिछाने, क्लस्टर–४ प्रमुख कोपिला श्रीस, पूर्व अध्यक्ष जनकल्याण पराजुली, रिजन चेयर पर्सन सम्झना रानाभाट, जोन चेयर पर्सन लायन लक्ष्मी पाण्डे, स्टेशन चेयर पर्सन लायन दिपक सिग्देललगायत पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो।

कार्यक्रम क्लबका सचिव लायन डिल्लीराम सुवेदीले सञ्चालन गरेका थिए। स्वागत मन्तव्य पूर्व अध्यक्ष लायन हरि प्रसाद पराजुलीले प्रस्तुत गरे भने समग्र कार्यक्रम क्लबका अध्यक्ष लायन ऋषि सुवेदीको अध्यक्षतामा सम्पन्न भयो।

१३‍औं चार्टर नाइटले क्लबको सामाजिक सक्रियता, सदस्य विस्तार र संस्थागत गतिशीलतामा नयाँ ऊर्जा थपेको क्लबले अपेक्षा व्यक्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link