Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

फ्लाई दुबई पोखरा उड्ने भएपछि पर्यटन व्यवसायीमा उत्साह

loading views..
Nepal Telcome

पोखरा,२२असार। अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक फ्लाई दुबईले पोखराबाट सिधा उडान सञ्चालन गर्ने भएपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन्। यसले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।
फ्लाई दुबई र पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)का पदाधिकारीबीच आइतबार पोखरामा यस सम्बन्धमा विस्तृत छलफल भएको थियो।
छलफलमा फ्लाई दुबईका पदाधिकारीले कम्पनीले विश्वका एक सय भन्दा बढी देशका २४५ गन्तव्यमा नियमित उडान सञ्चालन गर्ने भएकाले पोखराबाट अब विश्वको जुनसुकै कुनामा सजिलैसँग यात्रा गर्न सकिने जानकारी दिए। साथै विश्वको जुनसुकै भूभागबाट कनेक्टिङ फ्लाइटमार्फत पनि सीधै पोखरा आउन सकिने भएकाले यसले स्थानीय पर्यटन व्यवसायलाई ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।
रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले फ्लाई दुबईका पदाधिकारीसँगको छलफल फलदायी रहेको बताउँदै आफूहरू यसबाट उत्साहित रहेको प्रतिक्रिया दिए। फ्लाई दुबईमार्फत पोखरा भित्रिने पर्यटकहरूलाई सहज र सहुलियतपूर्ण सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा पनि छलफलमा गहन छलफल भएको उनले जानाए।
छलफलका क्रममा दुवै पक्षले पर्यटन क्षेत्रको विकास, पारस्परिक सहकार्य विस्तार तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सकारात्मक विचार आदानप्रदान गरे। शेरचनका अनुसार आगामी दिनमा यस विषयमा थप छलफल अघि बढाइने पनि सहमति भएको छ।
फ्लाई दुबईको यो पहलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा थप चिनाउने र प्रत्यक्ष विदेशी पर्यटक आगमन बढाउने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link