Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

विश्वासको मत लिन कडा कसरत!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वेच्छिक विश्वासको मत लिँदैछन्। विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध समानान्तर समिति देशव्यापी बनाउँदै लगेका छन्। ओलीलाई विश्वास दिनुअघि नै राजीनामा गर्ने उक्त खेमाको धम्की अन्तिम घडीसम्म छँदैछ। त्यसैले ओलीको विश्वास पाउन सबैभन्दा ठूलो चुनौती ‘आन्तरिक विश्वासकै संकट’ बनेको छ ।

ओली नेतृत्वमा २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनले झन्डै दुईतिहाई मत पाएको थियो। त्यही बलमा सत्तामा आएका ओलीको राजनीतिमा ३८ महिना सुखद रहेन । २ सय ७५ जनाको प्रतिनिधि सभामा एमालेले १ सय २१ र माओवादी केन्द्रले ५३ सिट ल्याए।  २०७४ फागुन ३ मा संविधानको धारा ७६ (२) बमोजिम ओलीको नेतृत्वमा एमाले र माओवादीको संयुक्त सरकार बन्यो । अनन्पूर्ण पोस्टमा खबर छ  ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link