Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

निर्मल निवासले राजेन्द्र लिङ्देनलाई पनि नछाड्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । उनले निर्मल निवासबाट कोही पनि सुरक्षति नभएको पनि बताएका छन् ।

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link