Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

स्थानीय चुनावसम्म कांग्रेश गठबन्धनमा रहिरहने!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सत्तारूढ दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकजुट भएका छन् । गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरूको बैठकले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचीव रमेश मल्लका अनुसार अरु थप विषयमा छलफल र निर्णयको लागि आगामी ६ माघमा पुनः गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ । निर्वाचन आयोगले आगामी वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै सरकारलाई भनिरहेको छ । उसले वैशाखसम्ममा निर्वाचन सक्नुपर्ने र आफूहरूलाई तयारीका लागि १२० दिन चाहिने भएकाले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link