Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमसीसीविरुद्ध चितवनमा माओवादीको प्रदर्शन

loading views..
Nepal Telcome
नदीपुर दुध

भरतपुर।अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले चितवनको भरतपुरमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय स्वाधीनताको पक्षमा र एमसीसीको विरोधमा भरतपुरको लायन्सचोकबाट भएको प्रदर्शन नारायणघाटको पुलचोक आएर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी चितवनका इन्चार्ज घननाथ सापकोटाले एमसीसी सम्झौता सदनबाट पास गर्ने धृष्टता गरिए प्रतिवाद गरिने चेतावनी दिए ।

क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माले एमसीसीविरुद्ध सबै राष्ट्रवादीहरु एकढिक्का हुने भन्दै जनताले सशक्त प्रतिवाद गर्ने बताए ।

यस्तै, नेकपा क्रान्तिकारीका सहिद परिवारका कमरेड खड्गबहादुर कुँवर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण सुनार, देशभक्त जनगणतान्त्रिक मोर्चा चितवन अध्यक्ष बाबुराम प्यासी, अखिल नेपाल प्रगतिशील लेखक संघका रविकिरण निर्जीव, अखिल नेपाल सुकुम्बासी संघ (क्रान्तिकारी) का नरबहादुर गौतमले कुनै पनि हातलमा एमसीसी पास हुन नदिने चेतावनी दिएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link