Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

प्रभु बैकले पौष २६ गते साधरणसभा गर्ने

loading views..
Nepal Telcome

काठमाडौं। प्रभु बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ।

बैंकले पछिल्लो तीन बर्षयता लाभांश वितरण गर्दै आएको छ। बैंकले गत वर्ष १६.८४ प्रतिशत लाभांश दिएको थियो। बैंकले गत वर्ष एक अर्ब ८ करोड वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १७ करोड ५६ लाख रुपैयाँ छ।

१० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोक्षमा ५ अर्ब ७० करोड रुपैयाँ छ। बैंकसँग एक खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र एक खर्ब १९ अर्ब रुपैयाँ ऋण लगानी छ।

बैंकको सर्वसाधारणमा ४९ प्रतिशत सेयर छ। ५१ प्रतिशत संस्थापक सेयरमध्ये सबैभन्दा बढी ताराकुमारी थकाली भट्टचनसँग ५.०८ प्रतिशत छ। प्रभु ग्रुप प्रालिसँग ४.९३, गौरव अग्रवालसँग ४.५६, नेपाल इन्भेष्टमेन्ट प्रालिसँग ४.०७, विनोद थकालीसँग २.८२, मिजास भट्टचनसँग १.२८, कर्मचारी सञ्चय कोषसँग १.२४, सुदीप आचार्यसँग १.१७, अम्बिका शर्मा लामिछानेसँग १.०४ र ध्रुवचन्द्र धितालसँग १.०३ प्रतिशत सेयर छ।

शिवकुमार श्रेष्ठ र स्वरुप गुरुङसँग जनही ०.९९ प्रतिशत, पवनकुमार अग्रवालसँग ०.७२, देव राजभण्डारीसँग ०.६६ प्रतिशत, पूर्णमान शाक्यसँग ०.६४, एसवाइ इन्भेष्टमेन्ट प्रालिसँग ०.६४, शैलेस श्रेष्ठसँग ०.६३, शम्भु लामासँग ०.६, जगदीशकुमार अग्रवालसँग ०.५८, सुजाता शाक्यसँग ०.५१ प्रतिशत र ताराप्रसाद भट्टराईसँग ०.५१ प्रतिशत सेयर छ।

सर्वसाधारणमा गएको सेयरमध्ये ६ वटा बीमा कम्पनी र सामूहिक लगानी कोषका १७ वटा स्किमहरुसँग ठूलो सेयर छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link