Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिन्छु : प्रचण्ड

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्।

प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्।

नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्। पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित गरेको भन्दै दुवै नेता असन्तुष्ट छन्। यस्तै प्रचण्डले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटनकारी शक्ति त्यही बाटो रहिरहेको बताएका छन्।

एमालेतर्फ इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘विघटनकारी शक्ति अझै त्यही बाटोमा छ, आउँदो चुनाव विघटनकारी र प्रतिगमनकारी र प्रगतिवादी शक्तिबीचको प्रतिस्पर्धा हो।’ माओवादीले स्थानीय तह निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link