Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

हामी जनताको बलमा, सहि विचारको आलोकमा यहाँ आईपुग्यौं,” -प्रचण्ड

loading views..
Nepal Telcome

पोखरा।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिएका छन् । पोखरामा  आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेकोले क्रान्तिकारी रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको बताउनुभएको हो ।

“क्रान्तिको एउटा निश्चित स्थानमा पुगेपछि पार्टी भित्र नै क्रान्ति गुर्न पर्ने रहेछ ।” उहाँले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट आन्दोलनमा पनि कमरेड माओले पार्टी भित्र एउटा ठुलो फड्कोको रुपमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको दिशामा जानुभयो । हामी थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ ।”

जनयुद्धपुर्व पनि पार्टीमा यस्तै खाले समस्या देखिएको उहाँले बताउनुभयो । “जब २०५२ फागुन १ बाट पार्टीलाई जनयुद्धको बाटोमा अघि बढाइयो त्यसपछि त्याग, तपस्या र बलिदानको बाटो शुरु भयो । हामीसँग न हतियार थियो, न फौज थियो, न त अरु कुनै शक्तिको सहयोग थियो । हामी जनताको बलमा, सहि विचारको आलोकमा यहाँ आईपुग्यौं,” अध्यक्षले भन्नुभयो ।

इतिहासका जटिल कालखण्डको ब्याख्या गर्दै शान्ति प्रक्रियापछि कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला शुरु भएको उहाँको भनाई थियो। यो अवस्थाले पार्टी र आन्दोलनमा निराशा जन्माएको भएपनि अहिले भने फेरी क्रान्तिकारी ध्रुवीकरणको उत्साह जागेको उहाँको भनाई थियो । “एउटा, दुइटा, तीनवटा कति हो कति। अहिले फेरि एकता कति हो कति १४,१५ समुह लाइनमा छन।” उहाँले भन्नुभयो ।

पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा विशेष जोड दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो पार्टी क्रान्तिकारी पार्टीकै  रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन संभव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link