Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओबादीले स्थानीय चुनाव जसरी पनि जित्नै पर्नेःप्रचण्ड

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।स्थानीय निर्वाचन माओवादीका लागि लँडाई भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकिय भबनको उद्घाटन गर्न गोरखा आएका उनले लाखौँ नेपाली जनताको सपना पुरा गर्न, जनयुद्धका घाइते अपाङहरु, शहीदको सपना पुरा गर्न माओवादी केन्द्रले स्थानीय निर्वाचन जसरी पनि जित्नुपर्ने बताए ।‘अरुले हार्दा जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ’ उनले भने । अन्य पार्टीलाई स्थानीय निर्वाचन एउटा चुनाव मात्र भएको बताउँदै उनले भने ‘चुनाव लँडाई हो, हामीले जित्नैपर्ने छ ।’

स्थानीय निर्वाचनमा शहीद र बेपत्ता परिवारका सदस्यकहाँ गएर माओवादी नेता कार्यकर्ताहरुले आफ्ना कमि कमजोरी नदोहोऱ्याउने प्रतिवद्धता गर्नुपर्ने उनले सुझाब दिए ।

अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनले बताए । माओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दावी गर्दै उनले आउने चुनावमा जनताले माओवादीलाई जिताउने दावी गरे । माओवादीले जितेपछि देशमा बिकास र समृद्धी, सामाजिक न्यायको अवस्था सिर्जना हुने र अरु कसैले पनि त्यो गर्न नसक्ने तथ्य प्रमाणित भएको उनले बताए ।

उनले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन् । माओवादीले ल्याएको उपलब्धी जाली फटाहाले उल्ट्याउन खोजेको उनले आरोप लगाए । जसरी पनि उनिहरुले घेरा हाल्ने र माओवादी केन्द्रलाई सिध्याउने भनिरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने । गठबन्ध नटुटेको र एमसिसि पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी समस्या हल गरिएको उनले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको भबन विसं २०७१ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले सिलान्यास गरेका थिए । करिब पाँच करोडमा निर्माण भएको उक्त भबनको शनिवार प्रचण्डले उद्घाटन गरेका गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link