Skip to content
Pokharapress Logo
३० जेष्ठ २०८३, शनिबार

शेरबहादुर आफ्नैको घेराद्वारा कसिए

loading views..
Nepal Telcome

पोखरा।प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल कांग्रेसका लागि घातक हुने बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ ।

केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ–आफ्नो राय राखिसकेका छन् । रामकृष्ण चापागाईंद्वारा नेपाल समाचारपत्रमा खबर लेखिएको छ ।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link