Skip to content
Pokharapress Logo
१३ असार २०८३, शनिबार

कोभिड १९ का कारण निफ सऱ्यो

loading views..
Nepal Telcome

 

काठमाडौं। हरेक बर्ष फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको फागुन महिनाको १२देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणागरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकोले आगामी बैशाख २३ देखी २७,२०७८ (May 6-10) मा हुने आयोजकले जनाएको हो नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकोआयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ मिती तोकिएकोआयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्ति मार्फत जनाएका छन्

आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो २०२० को जुलाई  देखि नोभेम्बर ३० सम्म तोकिएकोसमयावधिमा ५२ देशका ४०० चलचित्रले सहभागिता को लागि आबेदन दिएका छन्  यसरी प्राप्त फिल्म मध्यबाट छानिएका फिल्मको सूची फ्रेब्रुअरी २० सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन्   

महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्नेअवस्था छैन भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छै ,पाठकले भनेका छन्, ‘ केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही समयलाई स्थगित गर्ने निर्णयगरेका हौं

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथफिल्म संस्कृतिकोविकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको  ‘बेस्ट पान्डेमिक फिल्मनाम दिइएको यो विधामा विजेता फिल्मले सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए राष्ट्रिय अन्तर्राष्ट्रिय गरी दुईभागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्टफिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदानगरिनेछ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link