Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

एमालेले सातै प्रदेशमा प्रशीक्षण कार्यक्रम संञ्चालन गर्ने

loading views..
Nepal Telcome

काठमाडौं।नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको हिोज सम्पन्न सचिवालय बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिएको हो ।

एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले व्यापक र चौतर्फी घेराबन्दीबीच गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुनसकेको निष्कर्ष निकालिएको जानकारी दिए ।बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने विभिन्न विभागमा सचिव तोकेको छ ।

सचिवको जिम्मेवारी पाउनेमा वित्त तथा कोष व्यवस्थापन विभागमा डा भीष्म अधिकारी, सङ्गठन विभागमा सम्झना देवकोटा, प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, स्थानीय तह विभागमा हर्क राई, परराष्ट्र मामिला विभागमा अन्जान शाक्य, सङ्घीय मामिला विभागमा शिव गुरूङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुङ्गाना, अर्थ तथा योजना विभागमा योगेन्द्र शाही, कानून विभागमा डिल्लीराम मैनाली, उपभोक्ता हित संरक्षण विभागमा मोहनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी, संसदीय मामिला विभागमा डा.सूर्य पाठक, सामाजिक सेवा विभागमा डा.नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा मनोनयन भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link