Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेकपा माओवादी केन्द्र भ्रष्टहरुको अखडा भयो : नेता किराती

loading views..
Nepal Telcome

काठमाडौं।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टी भ्रष्टहरुको अखडा भएको टिप्पणी गरेका छन् ।संघीयसांसद समेत रहेका किरातीले प्रज्ञा भवनमा जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकमा धारणा राख्दै भ्रष्टहरुको घेरामा परेकैकारण माओवादीका नेताहरु नुन खाएको कुखुरा जस्तो भएको बताए।

उनले अध्यक्ष प्रचण्डको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गराएको पनि बताए।

किरातीले बैठकमा पाँच बुँदे धारणा राखेका छन्।

उनको भनाइ जस्ताको त्यस्तै

. हाम्रो आचरणले राजनीति बिद्रुपीकरण भयो लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन

चिनियाँ उखान आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नु भएन भने जनवाद प्रयोग गरौ हामी बनाउँछौ

, हाम्रो बिचार ठिक अब कार्यक्रम बनाउ अनि वर्षे कार्यविभाजनमा जाउँ एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताऔँ हामीप्रतिबद्ध भयौँ भने समाजवाद यही बाटोबाट आउँछ

. हामी अरुभन्दा केही भिन्न देखिन सकौँ  स्वास्थ्य शिक्षा सुधारौँ कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीयसदस्यहरुको छोराछोरी सरकारी स्कूलमा पढाउन लैजाऔँ। अरुभन्दा झन् खराब देखिन थालियो अरु बगेको मूलको खान्छन्, थाहापाइँदैन, जस्तै बतास, ओम्नी यति खान्छन् हामी ढलको पानी पिउँदैछौ  (सुब्बा खरदार सरुवामा पैसा खाँदै छौ) हामीलाईझाडापखाला लाग्दै

. अध्यक्ष तपाई महिनामा १० पटक भेटेर ठग्नेहरु महिनामा कति पल्ट फिल्ड जानु भयो भनेर सोधिदिनुहोस् काम गर्नेलाई पुरस्कार नगर्नेलाई दण्डको विधि बनाउनुहोस् ।नेपालखबरबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link