Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

किन बनेनन् कृष्ण धिताल पोलिटव्युरो सदस्य?

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्यमा गोरखाका आठ जना नेता परेका छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा गोरखा जिल्लाका आठ जना पोलिटव्यूरो सदस्यमा परेका हुन् ।

गोरखाबाट पार्टीका बरिष्ठ नेता नारायणणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमर बहादुर तमु, सुशीला सिम्खडा, परशुराम रम्तेल र चूडामणी खड्का पोलिटव्यूरो सदस्यमा परेका हुन् ।

उनीहरू दुई पटक माओवादीको केन्द्रीय सदस्य भएका नेता हुन् । पोलिटव्यूरो सदस्य हुन कम्तिमा दुई पटक केन्द्रीय सदस्य भएको हुनुपर्ने भएकाले उनीहरू मात्रै समेटिएका हुन् ।

पार्टीमा लामो समय जिल्ला ईन्चार्ज भएका कृष्ण धिताल भने छुटेका छन् । प्रचण्डले प्रस्ताव गरेको सूचीमा उनी अटाउन सकेनन् । गोरखा पार्टी भित्र जनार्दन शर्मा र बर्षमान पुन लाईन जवरजस्त रूपमा मैलाएको छ ।

जिल्ला पार्टी भित्र जनार्दन शर्मा लाईनका भनेर चिनिएका अधिकारी, खड्कालगायतका नेता हुन् भने बर्षमान लाईनका रम्तेल लगायतका नेता समेटिएका छन् ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link