Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा गभर्नलाई मार्गप्रसस्त गर्न निर्देशन

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् ।

एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) पनि राखेको र त्यो नाम गभर्नर अधिकारी नै रहेको चर्चाको बीच उनको विरोध तथा आलोचना सुरु भएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठिसकेको छ । माओवादी केन्द्रका भातृ संस्थाहरुले त अधिकारीको राजीनामा मागेर आन्दोलन थाल्ने घोषणा नै गरिसकेका छन् ।

यही सन्दर्भमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर मार्गप्रशस्त गर्न आग्रह गर्न खोजेको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको र गभर्ननरजस्तो व्यक्ति पार्टीको व्यक्ति भएपछि राम्रो नीति नआउने आरोप छ । बालुवाटारको छलफलमा केही मन्त्रीहरुको पनि सहभागिता रहेको बुझिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link