Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नबिल बैंकले ३३.५% बोनस सेयर प्रदान गर्ने

loading views..
Nepal Telcome

काठमाडौ। नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक हो। बैंकले पछिल्लो दुई वर्ष १२/१२ प्रतिशतका दरले बोनस सेयर दिँदै आएको थियो।

बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा गरेको छ।

बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ। अब पुँजी सवा तीन अर्ब  रुपैयाँभन्दा बढीले बढ्ने छ। बैंकको जगेडा कोषमा १६ अर्ब ८७ करोड रुपैयाँ छ।

बैंकले केही समयअघि नै लाभांश वितरणको स्वीकृति लिइसकेको थियो। तर सञ्चालक समितिका केही सदस्यहरुलाई कोभिड देखिएकाले अनुमोदन गर्न सकेको थिएन। लाभांश उच्च दिने चर्चाका कारण पछिलो समय बैंकको सेयर मूल्य निकै बढेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link