Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अर्थ मन्त्री निर्दोश साबित अन्तत पुन अर्थ मन्त्रालय फर्कने

loading views..
Nepal Telcome

पोखरा।अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।बिहीबार सिंहदरबारमा बसेको समितिको अन्तिम बैठकले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरेको जनाएको हो।

असार २२ गते गठन भएको ११ सदस्यीय समितिले तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेर छानविन गरेको थियो।

समितिले आज प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने भएको छ। शर्मामाथि  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो। चौतर्फी विरोध भएपछि  उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए।नागरीकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link