Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते;साम दाम दण्ड भेद गरेर रै भएपनि माओबादीले चुनाव जित्नेःप्रचण्ड

loading views..
Nepal Telcome

पोखरा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै संघ प्रदेशको चुनावको मिति घोषणा हुनेबताएका छन्।बिहीबार प्रेस संगठनका पूर्व पदाधिकारी प्रदेशका अध्यक्षहरुसँगको भेटघाटाका क्रममा अध्यक्ष दाहालले मंसिर गतेका लागि चुनावको मिति घोषणा गर्न सत्ता गठबन्धनमा सहमति भइसकेको बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारकै मन्त्रिरिषदको बैठकबाट चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरे पनि नागरिकता विधेयक पारित भएपछि गर्नु उपयुक्त हुने सुझाव दिएको उल्लेख गरे।

पार्टी निकट पत्रकारहरुको संगठनका नेताहरुसँग दाहालल भने, ‘हिजो प्रधानमन्त्री ज्यूले मंसिर गतेका लागि भोलि चुनाव घोषणा गर्नु पऱ्यो भन्नुभएको थियो। मैंले नागरिकता विधेयक पारित भएपछि गरौँ भनेँ उहाँ त्यसमा सहमत हुनुभो। अब एक दुई दिनमैचुनावको मिति तोकिन्छ।

दाहालले आउँदो संघ प्रदेशको चुनावमा अहिलेको पाँच दलीय सत्ता गठबन्धन कायमै रहने ब्रिफिङ गरे।

चुनावमा विचार मिल्नेसँग सहकार्य हुन्छ। यही गठबन्धन जारी रहन्छ, प्रचण्डले अगाडि भने, ‘चुनावमा माओवादीले जसरी पनि जित्नु पर्छ। माओवादीले नजित्दा हामीले मात्रै होइन, संविधान व्यवस्थाले पनि हार्छ।

प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक बिहीबार नै राष्ट्रियसभाबाट पारित भैसकेको छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link