Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सत्ता गठबन्धन कांग्रेशको कारण गम्भिर मतान्तर;वाममोर्चा बनाएर चुनावमा जाने प्रचण्डको संकेत

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौ। नेकपा (माओवादी केन्द्रका)अध्यक्ष प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा नयाँ नयाँ बखेडा झिकिरहेको बताएका छन्।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताए।

‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ’, उनले भने, ‘कांग्रेसले सिट बाँडफाँटमा ज्याताबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।’

प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए।

‘हाम्रोबीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन’, उनले भने, ‘त्यसैले कमरेडहरुले ध्यान दिनुहोला।’

उनले अबको तीन महिना गुनासो गर्नेमा भन्दा पनि निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि नेताहरुलाई निर्देशन दिएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link