Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

शहिद लखन गाउँपालिकामा दलित मुक्ति मोर्चा गठन

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा शहिद लखन गाउँपालिका स्तरिय समिति गठन भएको छ ।शनिबार सहिद लखन गाउँपालिका बास्कोट घैरुङमा भेला गरि २७ सदस्यीय समिति गठन  गरिएको दलित अगुवा दिल बहादुरसेन्चुरीले जानकारी दिए । राम बहादुर बिश्वकर्माको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमरतमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पम्फा बसेल , सहिद लखन गाउँपालिकाकाअध्यक्ष रमेश बाबु थापा मगर ,जिल्ला समन्वय समिति गोरखाका उप प्रमुख लिला परियार  दलित मुक्ति मोर्चा केन्द्रीय सचिबालयसदस्य दिल बहादुर सेन्चुरी, मंगल मालबुल ,सेर बहादुर बिक लगाएतको उपस्थिति रहेको थियो। प्रमुख अतिथी केन्द्रीय सदस्य अमरतमुले जातिय र बर्गिय विभेद न्युनिकरणको लागि नेकपा माओवादी केन्द्र सधै साथमा रहेको बताउँदै जातिय विभेद अन्त्य गर्नकालागि हाम्रो पार्टी जस्तो सुकै योगदान गर्न पछि नपर्ने बताए । सो कार्यक्रममा पानपाकी पुर्ब उपमेयर तथा माओवादी केन्द्रका केन्द्रीयसदस्य पम्फा बसेल , गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा  मगर लगाएतले मन्त्बय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link